देवदह । देवदह नगरपालिका उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत महिलाहरुका लागि सञ्चालन गरिएको ‘मास्टर्स क्लास इन हेयर कलरिङ’ तालिम समापन गरिएको छ । पाँच दिनसम्म संचालन रहेको कार्यक्रम बिहिवार एक कार्यक्रम बीच समापन गरिएको हो ।
कार्यक्रम देवदह नगरपालिका उपप्रमुख बिद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल, वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, प्रशिक्षक प्रशिक्षक मोहन ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा अनुभव शेयर गर्दै प्रशिक्षार्थीहरू स्वेच्छा श्रेष्ठ, जस्मिन गुरुङ, पार्वती अधिकारी लगायतले कार्यक्रम आफूहरुलाई आवश्यक रहेको र आगामी दिनमा अझ राम्रो कार्यक्रम आउने अपेक्षा व्यक्त गरे ।
देवदह नगरपालिकाको ३ लाख ९७ हजार रूपैयाँ लागत रहेको तालिममा ३१ जना महिलाहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology