देवदह । रुपन्देहीको देवदहमा संचालित एक महिने बासद्धारा हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहको आयोजना र नेपाल ग्रामिण संस्थाद्धारा संचालित डिजिएम नेपाल परियोजनाको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सीपलाई उद्यमसंग जोड्न आवश्यक रहेको बताइन् । सीपलाई व्यवसायीक बनाउन सकेमात्र आत्यनिर्भर बन्न सकिनेमा जोड दिंदै उनले बासबाट निर्मित हस्तकला सामाग्रीलाई नगरको पहिचानको रुपमा अगाडि बढाउन नगरपालिका तयार रहेको विचार व्यक्त गरिन् ।
तालिममा सिकेका ज्ञान र सीपलाई व्यवसायीक बनाई देवदहमा आउने पर्यटकलाई मायाको चिनोको रुपमा विक्रि वितरण गर्ने तर्फ सोच्नुपर्ने उनको भनाइ छ ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–२, का वडाअध्यक्ष दलबहादुर राकासकोटी, देवदह–३, का यज्ञप्रसाद अर्याल, ४ का वडाअध्यक्ष दमननाथ रेग्मी, डिजिएम नेपालका कविता तामाङ्ग, महासंघका पुर्वअध्यक्ष बमबहादुर गुरुङ्ग, भाषा अभियन्ता भिमप्रसाद तमु, जनप्रतिनिधि मनबहादुर थारु, नेपाली काग्रेसका सभापति गुनाखर भुर्तेल, नेपाल मगर संघका मनबहादुर राना, तमु छोंज धीका मण्नबहादुर गुरुङ्ग, स्मृति सामुदायिक वनका भरतकुमार गुरुङ्ग, दिपक पौडेल लगायतले बोलेका थिए ।
तालिममा देवदह क्षेत्रका २२ जनाको सहभागिता रहेको थियो ।
महासंघका उपाध्यक्ष दिनेश चौधरीको स्वागत र सचिव सुरेन्द्र चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology