Logo

२०८३, श्रावण ३०गते


images
images

कोरोना संक्रमण

कोरोना संक्रमण बढ्दै : भारतमा १२ जनाको मृत्यु

कोरोना संक्रमण बढ्दै : भारतमा १२ जनाको मृत्यु

images
  • कोरोना संक्रमण बढ्दै : भारतमा १२ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण फेरी बढिरहेको देखिएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार मंगलवार भारतमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    रिपोर्टका अनुसार मंगलवार उत्तर प्रदेशको फिरोजाबादमा उपचारको क्रममा ७८ वर्षीय एक कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट जेएन १ बाट पहिलो मृत्यु हो । यसबाहेक, केरला, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल १२  बिरामीको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यसैगरी हाल भारतमा सक्रिय केसहरूको संख्या १०८१ पुगेको छ । जसमा सबैभन्दा बढी ४३० संक्रमित केरलामा रहेका छन् ।

    images
    images
    images

    भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिले ४ भेरियन्टहरू फेला परेका छन् । जसमा एकएफ ७, एक्सएफजी, जेएन १, र एनबी १.८.१. भेरियन्टहरू रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना संक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।