Logo

२०८३, श्रावण ३०गते


images
images

गणतन्त्र दिवस

गणतन्त्र कमजोर पार्ने दलाल पुँजीवाद हो : विप्लव

गणतन्त्र कमजोर पार्ने दलाल पुँजीवाद हो : विप्लव

images
  • गणतन्त्र कमजोर पार्ने दलाल पुँजीवाद हो : विप्लव
    फाईल फोटो
    images
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले गणतन्त्र कमजोर पार्ने दलाल पुँजीवाद भएको बताएका छन् ।उनले गणतन्त्रप्रति बढ्दै गएको जनआशंका र असन्तुष्टिको मूल कारण व्यवस्थामा नभई त्यो व्यवस्थाको सारवस्तु नबुझेको सामन्ती सोच र दलाल पुँजीवाद रहेको बताए ।

    images
    images
    images

    जनपत्रकार संगठन नेपालले गणतन्त्र दिवसको अवसरमा बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘गणतन्त्र आफैमा दोषपूर्ण होइन, तर यसले सामन्तवादको समूल अन्त्य गर्न सकेको छैन, समस्या यहीँ हो ।’

    images
    images
    images

    उनले गणतन्त्रप्रति देखिएको जननिराशा व्यवस्था परिवर्तन नभई व्यवस्था सञ्चालनको चरित्र र कार्यशैलीको असफलतासँग गाँसिएको तर्क प्रस्तुत गरे । ‘जनताको अपेक्षाअनुसार गणतन्त्र चलेन, तर यसको विकल्प राजतन्त्र पनि होइन,’ उनले स्पष्ट पारे, ‘राजतन्त्र कहिल्यै गणतन्त्रको विकल्प हुन सक्दैन ।’

    images
    images
    images

    विप्लवले गणतन्त्रलाई कमजोर बनाउने प्रयास हालको राज्यशक्ति र सत्तामा बस्नेहरुको दलाल पुँजीवादी सोचसँग सम्बन्धित रहेको दाबी गरे । उनले राज्यको समावेशी, संघीय र गणतान्त्रिक चरित्रलाई निष्प्रभावी बनाउने प्रवृत्ति बढेकाले आम जनतामा गणतन्त्रप्रति भरोसा घटेको संकेत गरे । ‘राज्यसत्तामा बस्नेहरुले पुँजीवादी आर्थिक नीति र चरित्र परित्याग गर्नैपर्छ,’ उनले भने ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले गणतन्त्र स्थापनामा पत्रकारहरुको भूमिका निर्णायक रहेको स्मरण गर्दै गणतन्त्रपछि राजनीतिक दलहरुले पत्रकार र नागरिक समाजप्रति बेवास्ता गरेको आरोप लगाए । ‘गणतन्त्र ल्याउन नागरिक अगुवा र पत्रकारहरु अगाडि थिए, तर प्राप्तिपछि सबैलाई बिर्सियो,’ दाहालले गुनासो गरे ।

    उनले कृष्ण सेन इच्छुकजस्ता पत्रकारहरुको बलिदानी गणतन्त्र स्थापनाको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै अबको पत्रकारिता जनपक्षीय बन्नुपर्ने धारणा राखे ।

    पत्रकार सम्मान .jpg

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री, नेकपा एमालेका प्रदेश सदस्य तेजेन्द्र केसी, नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्याल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, साथै नेताहरु प्रेम सुवेदी, दील साहानी, घनश्याम पाठक लगायतले धारणा राखेका थिए ।

    सो अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका अग्रज पत्रकार यानेन्द्र जिसी र छविलाल विश्वकर्मा ‘दीपक’ लाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

    कार्यक्रमको अध्यक्षता प्रकाश डुम्रे र सञ्चालन विनोद खनालले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।