Logo

२०८३, श्रावण ३०गते


images
images

अवैध धन्दा

करिब १२ सय ५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ

करिब १२ सय ५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ

images
  • करिब १२ सय ५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ
    images
    images

    काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहिवार दिउसो प्रहरीले पक्रेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा सहित दुबै जनालाई पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट १ सय ७ किलो १ सय १० ग्राम अवैध लागूऔषध गाँजा सहित रौतहट गरूडा नगरपालिका-४ का १९ वर्षीय गोपाल साहलाई समेत शुक्रवार बिहान प्रहरीले पक्रेको छ । 

    images
    images
    images

    प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।