Logo

२०८३, श्रावण ३०गते


images
images

विश्व बजार

ट्रम्पले स्टील र आल्मुनियम आयातमा बढाए शत प्रतिशत कर

ट्रम्पले स्टील र आल्मुनियम आयातमा बढाए शत प्रतिशत कर

images
  • ट्रम्पले स्टील र आल्मुनियम आयातमा बढाए शत प्रतिशत कर
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा अमेरिकाले हालको कर दरमा शतप्रतिशत वृद्धि गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले जुन ४ देखि लागु हुने गरी हाल रहेको २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा गरेका हुन् ।

    images
    images
    images

    पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्‍यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टील उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनमाथिको निर्भरता घटाउने बताए ।

    images
    images
    images

    ट्रम्पले अमेरिकी स्टील र जापानको निप्पोन स्टील बीचको साझेदारीले यस क्षेत्रको स्टील उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने समेत बताए ।

    साझेदारीको विवरण अस्पष्ट रहेको र दुई कम्पनीहरूले अझै सम्झौता पुष्टि नगरेको बताइएको छ ।

    र्‍यालीमा स्टील कामदारहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने- कुनै पनि कामदारलाई नहटाइने र आउटसोर्सिङ हुनेछैन, र प्रत्येक अमेरिकी स्टील कामदारले चाँडै नै उनीहरूले पाउनुपर्ने ५ हजार डलर बोनस प्राप्त गर्नेछन् ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।