Logo

२०८३, आश्विन ११गते


images
images

आजको मौसम

देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा

देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा

images
  • देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा
    images
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रहने जनाएको छ ।

    images
    images
    images

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images

    आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images

    महाशाखाले हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।