Logo

२०८३, श्रावण ३१गते


images
images

गभर्नर नियुक्ति विरुद्धको रिट

गभर्नर नियुक्तिविरुद्धको मुद्दा : आज सर्वोच्चमा अन्तरिम आदेश बारे सुनुवाई हुदै

गभर्नर नियुक्तिविरुद्धको मुद्दा : आज सर्वोच्चमा अन्तरिम आदेश बारे सुनुवाई हुदै

images
  • गभर्नर नियुक्तिविरुद्धको मुद्दा : आज सर्वोच्चमा अन्तरिम आदेश बारे सुनुवाई हुदै
    images
    images

    काठमाडौँ ।  गभर्नर डा. विश्नाथ पौडेल विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा सुनुवाई हुने भएको छ । 

    images
    images
    images

    न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधवार भएको प्रारम्भिक बहस पश्चात् नेपाल सरकार सहितका विपक्षीहरुलाई नियुक्तिको आधार पुष्टी गर्ने प्रमाणसहित आजको बहसमा उपस्थित हुन आदेश दिएको थियो । 

    images
    images
    images

    गभर्नर पदमा जेठ ६ गते नियुक्त भएका डा. पौडेलको नियुक्ति बदरको माग तत्काल गम्भीर विषयको निर्णय समेत गर्न नपाउने गरीनोटमा हस्ताक्षर गर्न रोक लगाउन समेत अन्तरिम आदेशको माग गरिएको छ । 

    images
    images
    images

    गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित गभर्नर डा. पौडेलको नियुक्ति बदर गर्न माग गरिएको हो । 

    अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दावी सहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । 

    निवेदकहरुले गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, बाणिज्य र बैंकिङ क्षेत्रको उपाधी नभई ग्रामिण विकास अर्थशास्त्रको योग्यता रहेकोले ऐनले अनिवार्य गरेको उपाधी नभएको, सिफारिस समितिको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्ति गरिएको आधार समेत देखाई नियुक्ति बदर गर्न माग गरिएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गभर्नर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।