Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सर्यो

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सर्यो

images
  • प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सर्यो
    images
    images

    काठमाडौँ । मंगलवारका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सरेको छ । आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सभामुख विपक्षी दलहरुसँग छलफलमै रहेकाले २ बजेसम्मका लागि सारिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

    images
    images
    images

    प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् । संसदको अवरोध खुलाउने प्रयास भएपनि विपक्षीदलहरु आफ्नो अडानमा कायम रहेका छन् ।

    images
    images
    images

    सभामुख देवराज घिमिरे अहिले प्रमुख चार दलका प्रमुख सचेतक र मुख्य सचेतकसँग छलफल गरिरहेका छन्  । 

    images
    images
    images

    यसअघि आज बिहान बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने तीन माग अगाडी सारेका छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।