Logo

२०८३, श्रावण ३०गते


images
images

कालिगण्डकी करिडोरमा डाँडै खस्यो, रिडी-रुद्रवेणी सडक अबरुद्द 

कालिगण्डकी करिडोरमा डाँडै खस्यो, रिडी-रुद्रवेणी सडक अबरुद्द 

images
  • सेतोमसी सहकर्मी
  • कालिगण्डकी करिडोरमा डाँडै खस्यो, रिडी-रुद्रवेणी सडक अबरुद्द 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । कालिगण्डकी करिडाेर अन्तरगतकाे रिडी रुद्रवेणि सडक खण्ड अवरुद्द भएकाे छ । करिडोरकाे  साँघुरे तालदाेमाई खण्डकाे बिचमा भैलिखाने डाँडाेनजिकै पहिराे गएपछि सडक अवरुद्द भएकाे याढुँगबाट स्थानिय रामु कुँवर बताए ।


    सडक अवरुद्द भएपछि सवारी साधन हरु अलपत्र परेका छन ।


    रिडी तिरबाट गएका सवारी साधनहरु फर्केकाे र वामी खैरेनी शान्तिपुर तर्फबाट आएका सवारी साधनहरु मिर्मी हुँदै बैकल्पिक सडक प्रयाेग गरि गएकाे बताईएकाे छ ।


    पहिराे गएकाे जानकारी प्राप्त भईसकेपछि रिडी इलाका प्रहरी कार्यालयबाट प्रहरी पहिराे गएकाे क्षेत्रमा पुगेकाे र पैदल यात्रुलाई पनि हिँड्न राेक लगाईएकाे प्रहरीले जनाएको छ ।


    भैलिखाने डाँडाे पुरै खसेकाे र पहिराे खस्ने कार्य नराेकिएकाेले सडक खुलाउने कार्यमा अवराेध भएकाे रिडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिए ।


    "हामीले कन्ट्रक्सनका साथिहरुसँग कुरा गरि सकेका छौँ, पहिराे झर्न छाडेपछि तुरुन्तै सडकमा डाेजर लगाएर  आवागमन सुचारु हुनेछ"  निरिक्षक बमले भने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।