Logo

२०८३, श्रावण ३०गते


images
images

'राजनीति धन्धा भइसक्यो, ५० लाख जम्मा भयो अब वडाध्यक्ष लड्छु भन्छन्' : यादव

'राजनीति धन्धा भइसक्यो, ५० लाख जम्मा भयो अब वडाध्यक्ष लड्छु भन्छन्' : यादव

images
  • 'राजनीति धन्धा भइसक्यो, ५० लाख जम्मा भयो अब वडाध्यक्ष लड्छु भन्छन्' : यादव
    फाइल फोटो
    images
    images

    सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका निम्ति टिकट माग्नेहरु आफ्नो सम्पर्कमा आउन थालेको बताएका छन् । उनले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको बताएका हुन् । 

    images
    images
    images

    ‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै भने, ‘कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।’ 

    images
    images
    images

    गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए । कुन जनप्रतिनिधिलाई चयन गर्‍यौं जनतालाई त्यो पनि थाहा नहुनु विडम्बना भएको उनले बताए । ‘जनतालाई जागरुक बन्नु जरुरी छ,’ उनले भने । 

    images
    images
    images

    यो सोचको चुनावमा परिणाम के होला ? भन्ने प्रश्न गर्दै उनले यसमा 'करेक्सन' हुनु जरुरी रहेको बताए । 

    ‘किन १० करोड लगाउँछ ? राजनीति किन गर्छ ?’ उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्‍थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो । पेशा रहेन ।’ 

    अहिले राजनीति गरिरहेकाहरु व्यापार गरिरहको उनले बताए । ‘राजनीति धन्धा भइसक्यो । लगनी गरेर त्यो लगानी असुली गर्न खोज्छन्,’ उनले भने । 

    यहाँबाट जितेर माथिल्लो निकायमा जानेहरु पनि यस्तै धन्दामा लागिपरेको उनले बताए । ‘यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्,’ उनले भने, ‘माथि गएपछि केही नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु म सांसद हुँ मलाई खरिद गर भन्छन् । अनि, त्यहाँ मोलमोलाई हुन्छ,’ उनले भने । 

    रकममा बिक्नेहरूमध्ये कतिलाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले बताए । 

    ‘एक सांसद किन्ने र अर्काे खरिद गर्ने’ अध्यक्ष यादवले भने, ‘जसरी गाईभैंसीको खरिद हुन्छ त्यसरी नै यस्ता दलालहरू हेरेको छु ।’ 

    राजनीतिमा जबससम्म सदाचारी हुँदैन तबसम्म देश नबन्ने भन्दै उनले जनता पनि नेता झैं बनेको बताए । 

    ‘जनता पनि त्यस्तै छन् । त्यस्तै भोट लिन्छौं खानपिन दिदैनौं’ उनले भने, ‘नेतालाई पहिला जनताले चोर बनाइदिन्छन् । अनि नेता चोरी गर्न जान्छन् । नेता चोर अनि जनता पनि चोर ।’ 

    निर्वाचन र राजनीतिक प्रणाली अल्पविकसित देशका लागि क्यान्सर जस्तै भएको भन्दै उनले यसका कारण मुलुक उठनै नसक्ने बताए । यसका लागि परिवर्तन गर्नुपर्ने भन्दै उनले चुनावलाई सरल बनाउनु जरुरी रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।