Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङ : पहिरोमा बेपत्ता भएका दुई परिवारका २३ मध्ये ४ जनाको शव भेटियो

बझाङ : पहिरोमा बेपत्ता भएका दुई परिवारका २३ मध्ये ४ जनाको शव भेटियो

images
  • सेतोमसी सहकर्मी
  • बझाङ : पहिरोमा बेपत्ता भएका दुई परिवारका २३ मध्ये ४ जनाको शव भेटियो
    प्रतिकात्मक तस्बिर
    images
    images

    रमेश बहादुर सिह, बझाङ । बझाङमा पहिरोमा परेर बेपत्ता भएका ४ जनाको शव फेला परेको छ । पहिरोमा परी थलारा–४ का २ परिवारका २३ मध्ये ४ जनाको शव फेला परेको हो ।

    images
    images
    images

     ४ जनाको सनाखत भएको छ । शनिबार दिउँसो सम्म भेटिएका आयुष पार्की, विकास सार्की र सीता सार्की हुन् सुवास सार्कि । शनिबार   भेटिएका शवको पनि शरीरको पूरै भाग भेटिएको छैन ।

    images
    images
    images


    बाँकी हराएका १९ जनाको खोजतलासमा खटिएका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिएका छन । ‘भिरालो जमिन भएको हुँदा शव खोज्न सजिलो छैन’, उनले भने, ‘४ दिनदेखि प्रहरी, सेना र शसस्त्र प्रहरी खोजतलासमा खटिएका छन् । ४ जनाको मात्र शव भेटिएको छ ।’

    images
    images
    images


    पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता थिए । पहिरोमा परी सर्वस्व गुमाएका यी दुई परिवारका दुईजना भने बाँच्न सफल भएका छन ।

    पहिरोले नरबहादुर र गगने सार्कीको परिवार खोसेको छ । गगने सार्की ३ छोरासहित रोजगारीका लागि भारतमा छन् । थलारामा पहिरो गएपछि करिब १ सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ । सरस्वती आधारभूत विद्यालयका सबै भवन पहिरोको कम्पनले भत्किएका छन ।

    विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका १ सय ४८ परिवार अझै त्रासमा छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • # बझाङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।