Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

राहत लिएर गाजा जादै गरेको थनबर्गको जहाज इजरायलको नियन्त्रणमा

राहत लिएर गाजा जादै गरेको थनबर्गको जहाज इजरायलको नियन्त्रणमा

images
  • राहत लिएर गाजा जादै गरेको थनबर्गको जहाज इजरायलको नियन्त्रणमा
    images
    images

    काठमाडौँ । इजरायलले स्वीडिश वातावरणीय कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्ग र उनको जहाजलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    सोमवार बिहान ५ वटा इजरायली स्पीड बोटले जहाजलाई घेरा हालेर कब्जामा लिएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यसपछि, सैनिकहरू जहाजमा चढेर त्यसलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

    images
    images
    images

    थनबर्गले आफु सहित १२ जना वातवरणीय कार्यकर्ता बोकेर गाजातर्फ जाने क्रममा इजरायलले रोकेको हो ।

    images
    images
    images

    थनबर्गले एक भिडियो सन्देश जारी गर्दै आफुहरुलाई इजरायली सेनाले कब्जामा लिएको भन्दै रिहाईको पहल गर्न स्विडिस सरकारलाई आग्रह गरेकी छन् ।  

    उक्त जहाज गाजाका मानिसहरूका लागि राहत सामग्री बोकेको थियो । मेडेलिन नामको उक्त जहाजमा १२ जना सवार छन् । सबै सेनाको नियन्त्रणमा छन् । अब सो जहाज गाजाको सट्टा इजरायल लगिने बताइएको छ ।

    थनबर्गले गाजाका मानिसहरूका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेको बताएकी थिइन् । थनबर्ग आफ्नो टोलीसहित जुन १ मा इटालीको सिसिली टापुबाट निस्किएकी थिइन् । 

    इजरायलले मार्च २ देखि गाजामा राहत सामग्रीको प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जसका कारण त्यहाँका २३ लाख मानिसहरूमध्ये ९३ प्रतिशत भोकमरीको सामना गरिरहेका छन् । दर्जनौं बालबालिका भोकमरीले मरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।