Logo

२०८३, श्रावण ३०गते


images
images

एकीकृत समाजवादीको पहलमा नेपाल एयरलाइन्सको जहाजले बझाङमा उडान भर्दै 

एकीकृत समाजवादीको पहलमा नेपाल एयरलाइन्सको जहाजले बझाङमा उडान भर्दै 

images
  • सेतोमसी सहकर्मी
  • एकीकृत समाजवादीको पहलमा नेपाल एयरलाइन्सको जहाजले बझाङमा उडान भर्दै 
    images
    images

    रमेश बहादुर सिंह । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता कार्यकर्ताको पहलमा बझाङमा नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । भोलि अर्थात् आइतबारबाट नेपाल एयरलाइन्सले बझाङमा उडान भर्दै छ ।

    images
    images
    images


    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गेटा विमानस्थलको निरीक्षण गर्ने क्रममा यात्रुहरूको चाप ह्वात्तै बढेको पाईएको भन्दै थप जहाज आवश्यक परेका बताएका थिए । 

    images
    images
    images


    धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आईतबार परीक्षण उडान हुने भएको हो । लगातारको वर्षाका कारण सुदुरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ ।

    images
    images
    images


    सुदूरपश्चिमको  पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए । धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी २ हजार ५१५ भाडादर कायम भएको छ ।


    धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी ३ हजार ८९५ हवाई भाडादर कायम भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भोली विहान ९ बजेर १५ मिनेटमा नेपाल वायुसेवा निगमले धनगडी बझाङ उडान गर्ने छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुहरूलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।     


    जिल्लामा बिपतको बेला समस्या भएको भन्ने जनगुनासो बढेपछी आफुले मन्त्री आलेलाई आग्रह गरेर आफ्नो पहलमा जहाज ल्याउन सफल भएको नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज दिल बहादुर सिंहले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।