Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल एयरलाइन्सको इजरायलमा रहेको जहाजको इन्जिन ल्याएर सञ्चालन गर्न प्रधानमन्त्रीको ताकेता

नेपाल एयरलाइन्सको इजरायलमा रहेको जहाजको इन्जिन ल्याएर सञ्चालन गर्न प्रधानमन्त्रीको ताकेता

images
  • नेपाल एयरलाइन्सको इजरायलमा रहेको जहाजको इन्जिन ल्याएर सञ्चालन गर्न प्रधानमन्त्रीको ताकेता
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहालको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।

    images
    images
    images

    निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने स्पष्ट पारेकी छन् ।

    images
    images
    images

    उनले भनिन्- 'उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ । यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ ? सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ । कुनै प्रक्रियागत बहाना नगरौँ। यो जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिनुहुँदैन ।'

    images
    images
    images

    उनले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गरिन् । उनले भनिन्- 'मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन। गलत काम गर्दा मात्र डराउनुहोस् ।’

    बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेती लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल एयरलाइन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।