काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय ध्वजा बाहकलाई निजीकरण गर्न खोजिनु दुर्भाग्य' भएको बताएका छन् । सामाजिक संजालमा लेख्दै नेता पौडेलले कम्पनीमा लैजाने बाहानामा निगमको निजीकरण गरिन लागेको बताँउदै त्यसो भए दुर्भाग्य हुने बताएका हुन् ।
उनले लेखेका छन् - "विश्वभर नेपालको छवि घुमिल हुने ढंगले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई संसद समेत नभएको मौकामा सरकारले नीजिकरण गर्ने काम तत्काल बन्द गरिनुपर्छ ।" बहुमत गुमाइसकेको यो सरकारले केहि व्यक्तिगत स्वार्थ पुर्ती गर्न देशलाई क्षति पुग्ने निर्णय गर्न लागेको जिकिर गर्दै नेता पौडेलले उक्त निर्णय फिर्ता लिन समेत आग्रह गरेका छन् ।
साथै, राष्ट्रिय ध्वजाबाहक विमान चलाउदै आएको नेपाल वायुसेवा निगमलाई जोगाउनका लागि पहल थाल्न समेत उनले अनुरोध गरेका छन् । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology