Logo

२०८३, श्रावण ३०गते


images
images

झन्डै आकाशमा ठोक्किएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज, दुई एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा

झन्डै आकाशमा ठोक्किएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज, दुई एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा

images
  • झन्डै आकाशमा ठोक्किएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज, दुई एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा
    images
    images

    काठमाडौँ । चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ।

    images
    images
    images

    प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो। ती कर्मचारीहरूको नाम खुलाइएको छैन।

    images
    images
    images

    चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए।

    images
    images
    images

    १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो। नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल ओर्लिएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो।

     

    नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिट तल आएको थियो। नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।