Logo

२०८३, श्रावण ३०गते


images
images

एयर इन्डिया विमान दुर्घटना : प्रारम्भिक रिपोर्टमा पाइलट एसोसिएसनको आपत्ति

एयर इन्डिया विमान दुर्घटना : प्रारम्भिक रिपोर्टमा पाइलट एसोसिएसनको आपत्ति

images
  • एयर इन्डिया विमान दुर्घटना : प्रारम्भिक रिपोर्टमा पाइलट एसोसिएसनको आपत्ति
    images
    images

    काठमाडौँ । भारतको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टमाथि एयरलाइन पाइलट एसोसिएसन अफ इन्डियाले अनुसन्धानको विधिमाथि चिन्ता व्यक्त गरेको छ ।

    images
    images
    images

    एसोसियसनले विज्ञप्तिमा, योग्य व्यक्तिहरूलाई अनुसन्धानमा समावेश नगरिएको आरोप लगाउदै रिपोर्टप्रति चिन्ता व्यक्त गरेको हो ।

    images
    images
    images

    एसोसियसनका अध्यक्ष क्याप्टेन साम थोमसले भनेका छन्- 'हामीलाई लाग्छ, यो अनुसन्धान पाइलटहरूलाई दोषी ठानेर गरिएको छ र हामी यो सोचाइमा आपत्ति जनाउँछौं ।'

    images
    images
    images

    विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्ट अनुसार, उडान भरेको केही सेकेन्ड पछि विमानको दुवै इन्जिन बन्द भएको थियो । रिपोर्टले विमानका दुई पाइलटहरू बीचको कुराकानी पनि उल्लेख गरको छ । इन्जिनको इन्धन आपूर्ति बन्द हुने बित्तिकै, इन्जिन १ र इन्जिन २ को गति उडान भर्ने स्तरबाट घट्न थालेको प्रारम्भिक अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

    पाइलट एसोसिएसनले अधिकारीहरूलाई अनुसन्धान प्रक्रियामा समावेश गर्न अपील गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'हामी फेरि एक पटक उनीहरूलाई अनुसन्धानमा आवश्यक पारदर्शिता कायम राख्न हामीलाई पर्यवेक्षकको रूपमा समावेश गर्न अपील गर्दछौं ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एयर इन्डिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।