काठमाडौं । भारतको एयर इन्डिया विमानमार्फत काठमाडौंदेखि कोलकत्ताको उडानको क्रममा रहेका एक वृद्धको मृत्यु भएको छ ल्यान्डिङ भन्दा केही समय अगाडि छाती दुखेको बताएका उनको ल्यान्डिङ पछि उपचारका लागि अस्पताल पुर्याउदा उनलाई मृत घोषणा गरिएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । उक्त घटना एयर इन्डियाको फ्लाइट एआई २४८ मा भएको हो ।
विमानस्थल स्रोतलाई उध्रदत गर्दै रिपोर्टमा उल्लेख भए अनुसार उडान पूर्व पीडित मिहिर सरकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उडानको क्रम उनीमा स्वास्थ्य जटिलता देखिएपछि चालक दलले स्पेसियल क्लियरेन्स मार्फत फ्लाइट ल्यान्डिङ गराई उनलाई नजिकको अस्पताल पुर्याएको थियो ।
यद्यपि चिकित्सकहरुले उनलाई अस्पातल पुर्याउँदै बित्तिक्कै मृत घोषणा गरेका थिए । मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology