Logo

२०८३, श्रावण ३०गते


images
images

खेलकुद

भारतीय क्रिकेटर धोनी आइसीसीको हल अफ फेममा समावेश

भारतीय क्रिकेटर धोनी आइसीसीको हल अफ फेममा समावेश

images
  • भारतीय क्रिकेटर धोनी आइसीसीको हल अफ फेममा समावेश
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हल अफ फेममा समावेश गरिएको छ ।

    images
    images
    images

    हल अफ फेममा समावेश भएपछि क्रिकेटर महेन्द्र सिंह धोनीले आइसीसीको हल अफ फेममा सामेल हुनु सम्मानको कुरा भएको बताएका छन् । उनले भनेका छन्, ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी हल अफ फेममा समावेश हुनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।’ उनले अगाडी भनेका छन्, ‘यति महान खेलाडीहरूसँग मेरो नाम देख्नु साँच्चै एक उत्कृष्ट अनुभव हो । यो त्यस्तो क्षण हो जुन म सधैं कदर गर्नेछु ।’

    images
    images
    images

    धोनी भारतबाट आईसीसी हल अफ फेममा समावेश हुने ११औं खेलाडी हुन् । उनीभन्दा पहिले नितु डेभिड, वीरेन्द्र सहवाग, डायन एडुलजी, विनोद मंकड, सचिन तेन्दुलकर, राहुल द्रविड, अनिल कुम्बले, कपिल देव, बिशन सिंह बेदी र सुनील गावस्करले यो सम्मान पाएका छन् । गावस्कर र बिशन सिंह बेदी भारतबाट आईसीसी हल अफ फेममा समावेश हुने सबैभन्दा पाको उमेरका खेलाडी हुन् । उनीहरूले २००९ मा यो सम्मान पाएका थिए ।

    images
    images
    images

    धोनीले २००४ मा भारतीय क्रिकेट टोलीको लागि आफ्नो पहिलो इनिङ खेलेका थिए । उनले आफ्नो क्रिकेट करियरमा ३५० एकदिवसीय, ९८ टी–२० र ९० टेस्ट क्रिकेट खेलेका छन्

    उनको कप्तानीमा भारतीय क्रिकेट टोलीले २००७ मा आईसीसी टी–२० विश्वकप, २०११ मा आईसीसी विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धोनी
  • # आइसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।