Logo

२०८३, श्रावण ३०गते


images
images

भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीको जरिवाना

भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीको जरिवाना

images
  • भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीको जरिवाना
    images
    images

    काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीले जरिवाना गरेको छ । डिसेम्बर ३ मा रायपुरमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतीय टोली नियम तोडेकोमा दोषी ठहरिएपछि आइसीसीले टोलीलाई जरिवाना गरिएको हो ।

    images
    images
    images

    यस खेलमा ढिलो ओभर-रेट कायम राखेकोमा भारतीय टोलीलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना गरिएको आइसीसीले जानकारी दिएको छ ।

    images
    images
    images

    रायपुरमा भएको दोस्रो एकदिवसीय खेलमा भारतीय टोली दुई ओभर पछाडि थियो । कप्तान केएल राहुलले यो आरोप स्वीकार गरेका छन् यस विषयमा औपचारिक सुनुवाइको आवश्यकता नपरेको आसिसीले जनाएको छ ।

    images
    images
    images

    रायपुर एकदिवसीय खेलमा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो भने दक्षिण अफ्रिकी टोलीले चार विकेटले जित हासिल गरेको थियो । एकदिवसीय सिरिज भने भारतले २-१ ले जितिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।