Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

हिरासतमा रहेका थनबर्गसहितका १२ जनालाई इजरायलले डिपोर्ट गर्ने

हिरासतमा रहेका थनबर्गसहितका १२ जनालाई इजरायलले डिपोर्ट गर्ने

images
  • हिरासतमा रहेका थनबर्गसहितका १२ जनालाई इजरायलले डिपोर्ट गर्ने
    images
    images

    काठमाडौँ । गाजामा जारी द्वन्द्वको बीचमा, वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग इजरायलको अश्दोद बन्दरगाह पुगएकी छन् । यसअघि इजरायली नौसेनाले ग्रेटासहित १२ जना कार्यकर्ता चढेको जहाजलाई नियन्त्रणमा लिएको थियो । 

    images
    images
    images

    यो जहाज फ्रिडम फ्लोटिला गठबन्धनले पठाएको थियो, जसले गाजामा इजरायली सैन्य कारबाही र मानवीय सहायता रोक्ने विरोध गरिरहेका थिए । कार्यकर्ताहरूले जहाज रोकिएको बेला आफुहरु अन्तर्राष्ट्रिय समुद्री सीमामा रहेको बताएका छन् ।

    images
    images
    images

    इजरायलले यसलाई प्रचार अभियान भन्दै सहयोगको नाममा मजाक भएको टिप्पणी गरेको छ । साथै अब उनीहरूलाई उनीहरूको देश फिर्ता पठाइने बताएको छ । यति मात्र होइन, विदेश मन्त्रालयले एउटा तस्वीर पनि साझा गरेको छ जसमा ग्रेटा थनबर्ग जहाजबाट ओर्लिरहेको देखिन्छ ।

    images
    images
    images

    साथै, सबै हिरासतमा रहेका कार्यकर्ताहरूलाई रामले शहरको एक हिरासत केन्द्रमा राखिनेछ र त्यसपछि उनीहरूलाई देशबाट निष्कासन गरिनेछ ।

    अर्कोतर्फ, फ्रिडम फ्लोटिलाले एक विज्ञप्ति जारी गर्दै जहाज अवैध रूपमा कब्जा गरिएको, निहत्था नागरिकहरूलाई अपहरण गरिएको र आवश्यक राहत सामग्रीहरू कब्जा गरिएको बताएको छ ।

    थनबर्गले गाजाका मानिसहरूका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेको बताएकी थिइन् ।  इजरायलले मार्च २ देखि गाजामा राहत सामग्रीको प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ, जसका कारण त्यहाँका २३ लाख मानिसहरूमध्ये ९३ प्रतिशत भोकमरीको सामना गरिरहेका छन् । दर्जनौं बालबालिका भोकमरीले मरेका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # थनबर्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।