Logo

२०८३, श्रावण २७गते


images
images

लगानी कम, आम्दानी मनग्ये : व्यवसायिक फूल खेतीमा रमाउँदै पाल्पाली किसान

लगानी कम, आम्दानी मनग्ये : व्यवसायिक फूल खेतीमा रमाउँदै पाल्पाली किसान

images
  • सेतोमसी सहकर्मी
  • लगानी कम, आम्दानी मनग्ये : व्यवसायिक फूल खेतीमा रमाउँदै पाल्पाली किसान
    images
    images

    सुमन गाहा, पाल्पा । कुनै समय करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन थालिएको छ । विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालेको हो । 

    images
    images
    images


    जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रूप्सेमा अहिले व्यावसायिक रुपमा फुलको खेति गरिएको छ । तिहारको आगमनसँगै फूलको मालाको माग अत्याधिक वढ्ने भएकाले उत्पादनमा समेत वृद्धि भएको छ । रुप्सेका  दमोदर  घर्तीको घर नजिकै खेतमा रहर लाग्दो तरकारी फलेको छ । त्यसको अलि तल खेतमा  उनैको ब्यवसायी फुलखेती ढकमक्क फुलेको छ । 

    images
    images
    images

    received_1026823117861345.jpeg
    माध्यमिक तहको पढाई सकेर रोजगारीको सिलसिलामा ४ वर्ष भारतमा बिताएका घर्तीले सामाजिक सञ्चालनबाटै सिकेर फूल खेती गरेको बताउँछन । बजारमा विशेष गरी तिहारको बेला कृत्रिम रबरका फुल तथा मालाले वर्चस्व कायम गरिरहेको अवस्थामा ति फूललाई निरुत्साहित गर्न आफुले ब्यावसायीक रुपमा फुल खेती गरेको घर्तीले भनाई छ ।  

    images
    images
    images


    घर्तीले माराखोप बहुउद्देश्यीय कृषि फर्म दार्ता गरि  पहिलो वर्ष २ रोपनी क्षेत्रफलमा फुलखेती गरेता पनि कोरोना महामारीका कारण सोंचे जति राम्रो बजारीकरण  नभएको बताउँछन् । उनैले यो वर्षमा ५ रोपनी क्षेत्रफलमा फुलखेति गरेका छन् । 

    received_1300903660342852.jpeg
    उनको फर्ममा दैनिक जसो फुल खेति हेर्न आउने र फुलको अडर गर्न आउनेको भिड नै लाग्छ । आफुले उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या नरहेको घर्तीको भनाई छ । आफुले उत्पादन गरेको फुल पाल्पा र रूपन्देही जिल्लामा  विक्रीे गरेको घर्तीले बताउनुभयो । 


    जिल्लाको सदरमुकाम र विभिन्न स्थानका बजारबाट फुल लिन आउने गरेका छन् । माग अनुसार जिल्लामा फुल उत्पादन हुन नसकेको उनको भनाइ छ । 

    अहिले उनले एउटा मालालाई २ सय र प्रति के.जि ४०० सय  रुपैयामा विक्री गर्ने गरेका छन् । पहिले तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरे पनि घर्तीले यस वर्ष देखि बाह्रै महिना फूल उत्पादन गर्ने बताए । 

    received_3036404286644203.jpeg“जिल्लामा १२ महिना नै फुलको माग भएकाले बाह्र महिना नै फुल उत्पादन गर्ने थालेको छु”  सेतोमसीसंग घर्तीले भने  । 


    सयपत्री मात्रै नभएर गुलाफ तथा अन्य  फुल पनि उत्पादन गर्ने सोंचमा रहेको घर्तीले  बताए । अहिले सजावटका लागि जिल्ला बाहिरबाट गुलाफको फुल आउने गरेको उनको भनाई छ । 


    गत वर्ष फुल बिक्रीवाट आफुले कोरोना माहामारीको समयमा पनि ५० हजार रुपैया चोखो नाफा गर्न सफल भएको उनी बताउँछन्  । उनको काममा उनीसंगै परिवारले सहयोग गर्दै आएको छ ।

    received_397187011999514.jpeg
    थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यसतर्फ लाग्न अन्य कृषकलाई समेत उनको आग्रह छ  । उनलाई  यो वर्ष  गाउँपालिकाले फूल खेति नर्सरीका लागि ५० हजार सहयोग समेत गरेको छ ।  


    यस वर्ष बेमौसमी वर्षाका कारण फुल खेतिलाई पनि  असर गरेको र सोचे जति आम्दानी नहुँने होकि भन्ने चिन्तामा उनी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।