प्रिन्स मिश्रा, कपिलवस्तु । वर्षा, बाढी, हावाहुरि र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन लोकतान्त्रीक समाजवादी पार्टी लुम्बिनी प्रदेशले स्थानीय सरकार, प्रदेश र नेपाल सरकार सँग माग गरेको छ ।
कपिलवस्तु लगायत विभिन्न जिल्लामा केही दिन देखी परेको अविरल वर्षको कारण भित्राउन लागेको र बारीमै धानवाली कुहिएको अवस्थामा किसानहरु मारमा परेकाले लोसपा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले विज्ञप्ति जारी गर्दै धान बाली किसानहरुको मुख्य आमदनीको स्रोतको रूपमा रहेको र धानबाली नस्ट भएपछि जीवीको पार्जन गर्न कठिनाई हुने भएकोले तत्काल राहत पैकेज घोषणा गर्न स्थानीय सरकार , प्रदेश सरकार , संघिय सरकार संग प्रदेश अध्यक्ष मिश्राले माग गरेका हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology