चितवन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत नवलपरासीको दुम्किवासको विनयी खोलामा बाढिले बगाएको डाईभर्सन मर्मत कार्य भइरहेको छ ।
डाईभर्सन बाढीले बगाउँदा राजमार्ग भएर चल्ने लामोदुरीका सवारी आवागमन अवरुद्ध बनेको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार अबको केहि घण्टामै डाईभर्सन मर्मत कार्य सकिनासाथ यातायात सुचारु हुनेछ ।
विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको छ । बिहिवार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology