Logo

२०८३, श्रावण ३०गते


images
images

इरान–इजरायल युद्ध

इजरायलले कडा सजाय पाउनेछ- सर्वोच्च नेता खामेनी

इजरायलले कडा सजाय पाउनेछ- सर्वोच्च नेता खामेनी

images
  • इजरायलले कडा सजाय पाउनेछ- सर्वोच्च नेता खामेनी
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायललाई कडा सजाय दिने चेतावनी दिएका छन् । शुक्रवार बिहान इजरालले गरेको इरानमाथिको आक्रमणपछि खामेनी एक विज्ञप्ति जारी गर्दै खामेनीले यस्तो चेतावनी दिएका हुन् ।

    images
    images
    images

    खामेनीले भनेका छन्- 'इजरायलले कडा सजाय पाउनेछ । इजरायलले हाम्रो देशमा अपराध गर्न आफ्नो दुष्ट र रक्तपातपूर्ण हात खोलेको छ । आवासीय केन्द्रहरूमा आक्रमण गरेर यसले आफ्नो दुर्भावनापूर्ण प्रकृति प्रकट गरेको छ ।'

    images
    images
    images

    इजरायलले इरानका परमाणु केन्द्र र सेनाका उच्च अधिकारीहरुलाई निशाना बनाएर आक्रमण गरेको पाइएको छ । यस आक्रमणमा इरानको ठुलो क्षति भएको अनुमान गरिएको छ । इजरायलको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर हुसेन सलामीको मृत्यु भएको छ भने अन्य सैन्य कमाण्डर, परमाणु वैज्ञानिकहरुको ज्यान गएको छ ।

    images
    images
    images

    प्रमुख रुपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स अन्तर्गतको खतम अल अनबियाका प्रमुख घोलाम अलि राशिद तथा परमाणु वैज्ञानिकद्वय डा एएस फेरेदौन अब्बासी र डा एएस तेहरानको समेत मृत्यु भएको इरानका मिडियाले पुष्टि गरेका छन् । सलामी बाहेक, इरानका सैन्य प्रमुख मोहम्मद बघेरी, सेनाका शीर्ष तहका अन्य सदस्यहरू र वरिष्ठ आणविक वैज्ञानिकहरू पनि मारिएको दाबि गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।