Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायल–इरान युद्ध

इजरायलमा रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको आसपासमै रहन दुताबासको आग्रह

इजरायलमा रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको आसपासमै रहन दुताबासको आग्रह

images
  • इजरायलमा रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको आसपासमै रहन दुताबासको आग्रह
    images
    images

    काठमाडौँ । इजरायलस्थित नेपाली दुताबासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन आग्रह गरेको छ ।

    images
    images
    images

    दुताबासले इजरायलमा रहेका नेपाली नागरिकलाई इजरायली होम फ्रन्ट कमाण्डले नयाँ निर्देशन जारी गरेको भन्दै स्थानीय सुरक्षा प्रोटोकलबारे जानकारी लिन र पालना गर्न आग्रह गरको छ ।

    images
    images
    images

    दुताबासले विज्ञप्तिमा भनेको छ- 'यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई ईजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न  र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।'

    images
    images
    images

    इजरायलले शुक्रवार बिहान इरानमाथि गरेको आक्रमणपछि स्थिति तनाव पूर्ण बनेको छ । इजरायलको आक्रमणपछि इरानले कडा जवाफ दिने चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।