Logo

२०८३, श्रावण ३०गते


images
images

इरान–इजरायल युद्ध

तेहरानको हवाई क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी

तेहरानको हवाई क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी

images
  • तेहरानको हवाई क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
    images
    images

    काठमाडौँ । इजरायलले तेहरानको हवाई क्षेत्रमा पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ ।

    images
    images
    images

    इजरायली सेनाका प्रवक्ताले गत हप्तादेखि गरिएका आक्रमणहरूमा इरानका १२० भन्दा बढी मिसाइल लन्चरहरू नष्ट गरेको बताएका छन्, जुन इरानसँग भएका कुल मिसाइल लन्चरहरूको एक तिहाइ हो ।

    images
    images
    images

    उनले इजरायलमा मिसाइल प्रहार गर्नुभन्दा केही मिनेट अघि, वायुसेनाले २० भन्दा बढी इरानी विमानहरू नष्ट गरेको समेत दाबी गरेको छ । उनले इजरायलले इरानको प्रमुख शहर इस्फहानमा १०० भन्दा बढी सैन्य अड्डाहरूलाई निशाना बनाएको समेत बताएका छन् । इजरायली सेनाले तेहरानको हवाई क्षेत्रमा इजरायलको पूर्ण नियन्त्रण रहेको पनि दाबी गरेको छ ।

    images
    images
    images

    इजरायली आक्रमणका कारण इरानमा हालसम्म २२४ जनाको मृत्यु भएको छ भने १२ सयभन्दा बढी घाइते भएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।

    इरानले पनि निरन्तर बदला लिइरहेको छ । सोमवार बिहान इरानी सेनाले मध्य इजरायलका धेरै ठाउँमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । यसमा ८ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

    यो पछिल्लो ४ दिनमा इजरायलमा इरानको सबैभन्दा ठूलो आक्रमण हो । इरानी आक्रमणका कारण इजरायलमा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।