Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिज

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

images
  • त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै
    images
    images

    काठमाडौँ । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।

    images
    images
    images

    यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । 

    images
    images
    images

    नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १३ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।

    आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।

    २० जुनसम्म हुने यो त्रिकोणात्मक टी-२० सिरिजमा मंगलवार नेपाल र स्कटल्याण्ड, बुधवार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिवार नेपाल र नेदरल्याण्डस तथा शुक्रवार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

    आजको खेलमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, अनिल शाह, नन्दन यादव, ललित राजबंशी, करण केसी, रुपेश सिंह, लोकेस बम, सन्दीप लामिछाने र किरणकुमार ठगुन्ना रहेका छन् । 

    रुपेश सिंह र किरण कुमार ठगुन्नाले अन्तर्राष्ट्रिय टी-२० मा डेभ्यु गरेका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।