Logo

२०८३, श्रावण ३०गते


images
images

सचेत प्रबासी युवा संगठनद्वारा बझाङका बाढी पहिरो पिडीतहरुलाई आर्थिक सहयोग 

सचेत प्रबासी युवा संगठनद्वारा बझाङका बाढी पहिरो पिडीतहरुलाई आर्थिक सहयोग 

images
  • सचेत प्रबासी युवा संगठनद्वारा बझाङका बाढी पहिरो पिडीतहरुलाई आर्थिक सहयोग 
    images
    images

    रमेश बहादुर सिह, बझाङ । असोज ३१ गते देखि कात्तिक ३ गते सम्म आएको अविरल बर्षाका कारण बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लामा पहिरोमा परी ज्यान गुमाएका र बिस्थापित भएका परिवारहरुलाई सचेत प्रबासी युवा संगठनले २लाख  नगद आर्थिक सहयोग गरेको छ ।

    images
    images
    images


    सचेत प्रबासी युवा संगठन का अध्यक्ष इन्द्र बिस्टको  नेतृत्वमा सनिबार  जिल्लाबाट क्षतिग्रस्त भएको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लामा गएर राहत स्वरुप आर्थिक सहयोग गरेको हो । पहिरोमा परि कलक सार्कीका १८ जना र नरे पार्कीका ५ जना गरी २३ जना पहिरोमा वेपत्ता भएका थिए । २३ जना बेपत्ता भएका मध्ये उद्धारको क्रम्मा ४ जनाको शव फेला परेको छ भने अन्य १९ जना अझै बेपत्ता रहेका छन् ।

    images
    images
    images


    जिल्लामा आपत्कालीन अवस्थामा धनजनको क्षति भए लगत्तै पिडीतहरुको घाउँमा मलम लगाउनको लागि थलारा गाउँपालिका वडानम्बर ४ वडा कार्यसमितिको नेतृत्वमा बाढी पहिरोमा परेर परिवारहरु गुमाएका आफन्तहरको पिडामा मलम लगाउनको लागि आर्थिक सहयोग गरेको छ।  

    images
    images
    images


    त्यहाँको अवस्था हेर्दा साह्रै मन दुखेको छ पिडीतहरुको अवस्था झन दयनिय रहेको छ । यस्तो बिपत्तको घडिमा तेरो मेरो नभनेर सबैले आ आफ्नो तर्फबाट सकिने सहयोग गनुनै मानव जीवनको लागि अभिन्न पाटो हो ।


    पिडामा परेका पिडीतहरुको घाउमा मलम लगाउन आफुले प्रवाशमा बसेर भयपनि आर्थिक संकलन गरेको  उनले बताए।१८ परिवार गुमाएर कलक सार्कीलाई ७० हजार र ५ परिवार गुमाएका नरबहादुर पार्कीलाई ५० हजार साथै घरवार बिहिन भएका अन्य ८ परिवारलाई  सहित पिडीतहरुलाई राहत स्वरुप २ लाख आर्थिक  सहयोग गरेको बताए । 

    गाउँ भन्दा माथी बाट पहिरो आई मानविय क्षति भएको छ । अहिले सबै डिख्ला वासीहरु मत्र नभई पुरै जिल्ला शोकमा डुबिरहेका छ । जोखीपूर्ण बस्तीहरुलाई सहि मुल्याङ्कन गरी बस्ती स्तानतरण गर्नु पने देखिन्छ । यसको लागि नेपाली काँग्रेस बझाङले सरकार संग समन्वय गरेर जिल्ला भरीका जोखिम पूर्ण अवस्थामा रहेका बस्तीहरुलाई र मानविय क्षति भोग्नु परेका स्थानीयहरु वताउन्छन।


    राहत बितरण कार्यक्रम्मा बिभिन्न  पार्टीका प्रतिनिधि वडा न ४ का अध्यक्ष प्रबास समिति सचिव लगायत अन्य ब्यक्तिहरुको पनि उपस्थित रहेको थियो

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।