Logo

२०८३, आश्विन १२गते


images
images

बजेट

अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्न : अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?

अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्न : अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?

images
  • अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्न : अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाएका छन् । सांसद मोदीले अर्थमन्त्री पौडेललाई रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गरेका छन् । 

    images
    images
    images

    प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । उनले शहरी विकास एवम् सडक निर्माणका सबैभन्दा धेरै योजनाहरु अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको बताए ।

    images
    images
    images

    उनले भने, ‘आज उहाँ संसदमा हुनुहुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरीको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने शहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन् । अरु मन्त्रालयबाट झन के होला ? कर चाँही सबै जिल्लाबाट लिने तर बजेट चाहीँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’

    images
    images
    images


    सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरुप विकास गर्न नसकिने धारणा व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।