Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा

प्रतिनिधिसभामा आज विनियोजन विधेयक पेस हुँदै : पास भए खर्च गर्न कानुनी बाटो खुल्ने

प्रतिनिधिसभामा आज विनियोजन विधेयक पेस हुँदै : पास भए खर्च गर्न कानुनी बाटो खुल्ने

images
  • प्रतिनिधिसभामा आज विनियोजन विधेयक पेस हुँदै : पास भए खर्च गर्न कानुनी बाटो खुल्ने
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्ने भएको छ । आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने जनाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    images
    images
    images

    सरकारको वार्षिक बजेट कार्यान्वयन गर्न संसदबाट पारित गरिनुपर्ने कानुनी दस्तावेज मानिने विनियोजन विधेयक पारित भएपछि विभिन्न मन्त्रालय, निकाय तथा कार्यत्रमका लागि विनियोजित रकम खर्च गर्न कानुनी अनुमति मिल्नेछ ।

    images
    images
    images

    आजको संसद बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
    त्यसअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्युसूची छ ।

    images
    images
    images

    आज श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

    बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरुमा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चिक्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहाल छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।