Logo

२०८३, श्रावण ३०गते


images
images

इरान-इजरायल युद्ध

इरानमाथि आक्रमणको उद्धेश्य पुरा भयो- इजरायल

इरानमाथि आक्रमणको उद्धेश्य पुरा भयो- इजरायल

images
  • इरानमाथि आक्रमणको उद्धेश्य पुरा भयो- इजरायल
    images
    images

    काठमाडौँ । इजरायली सरकारले इरानमाथिको आक्रमणको 'उद्देश्यहरू प्राप्त' गरेको बताएको छ ।

    images
    images
    images

    इजरायली सरकारले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिने बताउदै इजरायलले इरानबाट आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रको दोहोरो खतरा हटाएको बताएको छ ।

    images
    images
    images

    इजरायलले भनेको छ- 'इरानको सैन्य नेतृत्वमा उल्लेखनीय क्षति पुर्‍याएको छ र दर्जनौं इरानी सरकारी साइटहरू नष्ट गरेको छ र अर्को एक वरिष्ठ आणविक वैज्ञानिकको हत्या गरेको छ । इजरायलले इरानी आणविक खतरा हटाउन अमेरिकी समर्थन र साझेदारीको लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन्छ ।'

    images
    images
    images

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार राति रक्षामन्त्री, आइडिएफ प्रमुख कर्मचारी र मोसादका निर्देशकसँग सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । यस बैठकमा इजरायलले अपरेशन राइजिङ लायनका सबै उद्देश्यहरू प्राप्त गरेको निष्कर्ष निकालिएको थियो ।

    अपरेशन राइजिङ लायन मार्फत, इजरायलले ऐतिहासिक उपलब्धिहरू हासिल गरेको र विश्वका प्रमुख शक्तिहरूको पहिलो श्रेणीमा आफूलाई स्थापित गरेको निष्कर्ष इजरायलले निकालेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।