Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा चराउन लगेका ८ बाख्रा हराए, चोरी भएको आशंका

गुल्मीमा चराउन लगेका ८ बाख्रा हराए, चोरी भएको आशंका

images
  • गुल्मीमा चराउन लगेका ८ बाख्रा हराए, चोरी भएको आशंका
    images
    images

    गुल्मी । गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराएका छन् । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका रहेको छापहिले व्यवसायीक बाख्रा पालन फर्मका ८ वटा बाख्रा साेमबार दिउँसो  हराएको फर्मका संचालक नर बहादुर महताराले बताए ।

    images
    images
    images

     छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका हुन् । साेमबार दिउँसो साेही ठाउँकै पन्लापाटा भन्ने स्थानमा चराउन लगेको समयमा चराउन लगेका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्रा हराएको फर्म संचालक महताराले बताए ।खाेजी कार्य गर्दा बुधबार दिउँसोसम्म फेला नपरेकोले चाेरी भएको हुन सक्ने बाख्राधनीकाे अनुमान रहेको छ । 

    images
    images
    images

    प्रति बाख्रा  करिब ७ देखि ८ हजार सम्म मुल्य पर्ने ८ वटा बाख्रा हराउँदा ५६ देखि ६४ हजार बराबरको क्षति भएको बाख्रा फर्मले जनाएको छ । चराउन लगिएको क्षेत्रमा खाेजी कार्य गर्दा बाख्राहरुकाे बन्यजन्तुकाे आक्रमणबाट मरेको हुन सक्ने बिषयमा रगत, राैं, खुट्टा र कुनै अवशेष फेला नपरेकाेले मान्छेले चाेरेकै हुन सक्ने स्थानीय तथा बाख्रा धनीकाे संका रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।