काठमाडौँ । कोरोना महामारीका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (ईपीएस) नोभेम्बरदेखि खुला गर्ने भएको छ । नयाँ कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले पुनः प्रक्रिया सुरु गर्ने भएको हो ।
दक्षिण कोरियाले श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गरिने भएको हो।
पहिलो चरणमा कोरोनाका कारण रोकिएका ४८ जना नेपाली कामदार गत कार्तिक १० गते कोरिया गइसकेका छन । कोरोना महामारीका कारण लामो समयदेखि प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार कोरिया जान पाइरहेका थिएनन् ।
यससँगै अब रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरिसकेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान पाउने भएका छन् ।
अझै सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक दक्षिण कोरिया जाने पर्खाइमा रहेका छन्। दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रूपमा लिइन्छ ।
ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो। नेपालबाट मात्र त्यहाँ हरेक वर्ष ५ हजारभन्दा बढी कामदार जाने गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology