Logo

२०८३, श्रावण ३०गते


images
images

बेमौसमी बर्षा र बाढीले खेत बगर बनेपछि अम्मर कामिको प्रश्न - हामीले के खाने ?

बेमौसमी बर्षा र बाढीले खेत बगर बनेपछि अम्मर कामिको प्रश्न - हामीले के खाने ?

images
  • सेतोमसी सहकर्मी
  • बेमौसमी बर्षा र बाढीले खेत बगर बनेपछि अम्मर कामिको प्रश्न - हामीले के खाने ?
    images
    images

    रमेश बहादुर सिह, बझाङ । खप्तड छान्ना गाउँपालिका १ का खोलामोगरका   ४३ वर्षीया अम्मर कामि वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेका छन् । बेमौसमी वर्षाले भयको   जमिन सबै  क्षति गरेपछि उनी मारमा परेका हुन् ।

    images
    images
    images


    असोज ३१ गतेदेखि कार्तिक ३ गते सम्म परेको वर्षाले सबै आफुसँग भएको   जमिन पहिरोले  क्षति  बनाएपछि  अम्मर कामिलाई चिन्ताको विषय बनेको हो । अब वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ, अम्मलेले निरास हुँदै भने अब  ‘परिवारलाई कमाएर खुवाउने गाउँ नै छोडेर भारत जानु बाहेक अन्य उपाय केहि नरहेको आँखा भरी आँशु ल्याउदै दुखेसो गरेका छन ।

    images
    images
    images


    स्थानीय जमिन्दारको जमिन अधियामा खेती लगाउदै आएका अम्मरको दैनिकी खेतमा बित्ने गरेको थियो  तर अब सबै जमिन बेमौसमी वर्षाले बगाएर बगरमा पुराएपछि अब के गरेर खाने भने ठुलो चिन्ता रहेको छ । उनले भने ‘गाउँमा रोजगारी पनि पाइँदैन । सानो जमिन  थियो र वर्षभरी पुगनपुग खानलाई हुन्थ्यो तर, अब त त्यो पनि छैन कसरी गुजारा चलाउने हो ? के खाने ? भन्ने चिन्ताले रात छप्लक्कै उघारिएकै आँखाले काट्ने गरेको छ ।’

    images
    images
    images

    उनकै छिमेकी तारा थापा  पनि अवस्था उस्तै छ । ताराथापाको पनि सबै जमिन बगर भयको छ ।  पालिकामा जमिन को  क्षतिको क्षतिपूर्तिको लागि   आफ्नो नाममा भयको  लालपूर्जा दिएकी छु । 

     
    बाढीको बितण्डा देखेका यहाँका स्थानीय बासिहरू  संघ, प्रदेश र स्थानीय तहले आफ्नो समस्या बुझेर राहतको व्यवस्था गर्नुपर्ने आशामा छन् ।


    गत असोज ३१  गतेदेखि परेको बेमौसमी वर्षातको कारण खय्तड छान्ना गाउपालिका  झण्डै १५० घर परिवार को  जमिन  नोक्सान गरेको छ भने अन्य ठाउँमा  पनि सोही अनुपातमा क्षति गरेको गाउँपालिकाका  अध्यक्ष बर्ख बहादुर रोकाया  बताउछन् । अध्यक्ष रोकाया ले असोज महिनाको अन्तिममै परेको बेमौसमी पानिका कारण पालिकामा ठुलो क्षेति  क्षेति भएको जानकारी दिए । उनले यसबाट करिव ५० करोड नोक्सानी भएको तथ्यांक निकालिएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • # बाढी पीडित
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।