Logo

२०८३, श्रावण ३०गते


images
images

लायन्स क्लब अफ देवदह युनाइटेडको अध्यक्षमा सापकोटा

लायन्स क्लब अफ देवदह युनाइटेडको अध्यक्षमा सापकोटा

images
  • लायन्स क्लब अफ देवदह युनाइटेडको अध्यक्षमा सापकोटा
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदह युनाइटेडको प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमवार एक कार्यक्रमका विच लायन बर्ष २०२४÷०२५ का अध्यक्ष माधव आचार्यले बर्ष २०२५÷०२६ का अध्यक्ष गणेश सापकोटालाई पद हस्तान्तरण गरेका हुन् । एक बर्षे कार्यकाल रहने लायन्स अन्तर्राष्ट्रियको व्यवस्था बमोजिम अन्य पदाधिकारीहरुले समेत आगामी लायन बर्षका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरे । 

    images
    images
    images

    पद हस्तान्तरण पश्चात आचार्यले आगामी कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष सापकोटालाई सुभकामना दिँर्दै आगामी कार्यकालमा क्लवका पदाधिकारी तथा सदस्यहरुलाई थप उर्जाशिल र जुझारु बनाएर अघि बढ्न सुझाब दिए । 

    images
    images
    images

    कार्यक्रममा अध्यक्ष आचार्यले क्लवको वर्ष २२४÷२५ प्रतिवेदन प्रस्तुत गर्दै लायन बर्षअवधिमा सम्पन्न गरेका कार्यहरूबारे जानकारी गराएका थिए । सो अवसरमा उनले आफु नेतृत्वको कार्यकालमा रक्तदान कार्यक्रम,  मधुमेह तथा रक्त चाप परीक्षण, १ हप्ते स्वास्थ शिबिर, देवदह महोत्सवमा स्वास्थ शिविर, मातृ तथा पितृ सम्मान कार्यक्रम, मानव सेवा आश्रममा सहयोग, भुकम्प प्रभावितलाई सहयोग तथाएत क्लव तथा क्लव बाहिर समेत बिभिन्न तालिमहरु सञ्चालन गरेको जानकारी गराए । 

    images
    images
    images

    सोहि अवसरमा लायन बर्ष २०२४÷०२५ मा भएका कार्यक्रमहरु सफल पार्न सहयोग गर्ने क्लवका सदस्य तथा पदाधिकारीहरुलाई अवार्डद्वारा सम्मान गरिएको थियो । 

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लायन डिष्ट्रिक ३२५ पि का भाइस डिष्ट्रिक को चिफ एडभाईजर बिष्णु प्रसाद पौडेल तथा डिष्ट्रिक डेपुटी चियर पर्सन राम बहादुर गुरुङले लायन्स क्लव देवदह युनाइटेडको रचनात्मक कार्यहरुले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी कार्यक्रमहरूमा डिस्ट्रीक्टको तर्फबाट लायन्स यात्रामा सदैव सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

    रिजन ४ का रिजन चियर पर्सन बिनोद थापा मगर, लायन्स क्लब अफ देवदहका पुर्ब अध्यक्ष मन बहादुर क्षेत्री, लायन्स देवदहका सचिब पवन पौडेल, लायन्स क्लब अफ देवदह पाकरी बृक्षका अध्यक्ष बिन्दु थापा लगायतको उपस्थिति रहेको कार्यक्रममा क्लवका नयाँ सदस्यहरू ओम काफ्ले, फूल प्रसाद पाण्डेय (दिपक), सुरज पौडेल, सन्दिप पौडेल र गोविन्द पाण्डेयलाई स्वागत गरिएको थियो । 

    क्लवका प्रथम उपाध्यक्ष टिकाराम चापागाइको स्वागत सहित दुई चरणमा सम्पन्न पद हस्तान्तरण कार्यक्रम अन्तर्गत पहिलो सत्रको सञ्चालन सचिव अर्जुन कुमार गुरुङ र दोस्रो सत्रको सञ्चालन प्रबिन गौडेलले गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।