देवदह । लायन्स क्लब अफ देवदह युनाइटेडले बर्ष २०२६÷०२७ को अध्यक्षमा टिकाराम चपागाईलाई चयन गरेको छ । क्लवको दोस्रो वार्षिक साधारण बैठकले आगामी बर्षका लागि चापागाईको नेतृत्वमा सर्वसम्मत पदाधिकारी तथा सदस्यहरू चयन गरेको हो ।
जस अन्तर्गत प्रथम उपाध्यक्षमा मणिलाल तिवारी, द्वितीय उपाध्यक्षमा अर्जुन गुरुङ र तृतीय उपाध्यक्षमा कमल थापा चयन भएका छन् । त्यस्तै सचिवमा यमलाल अर्याल, कोषाध्यक्षमा किसन थापा दर्लामी, सह सचिवमा रोशी गुरुङ र केशव खनाल तथा सह कोषाध्यक्षमा खिल प्रसाद पाठक चयन भएका छन् ।
यसैगरी प्रस्तावित अन्य टिम अन्तर्गत क्लव मेम्वरसिप चियरपर्सनमा विष्णु प्रसाद अर्याल, एलसिआईएफ कोअर्डिनेटरमा अनन्तराम भण्डारी, सर्भिस चियरपर्सनमा काशिराम रेग्मी, एडमिनिस्ट्रेटरमा विजयबहादुर क्षेत्री तथा मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा गोकुल अर्याल रहेका छन् ।
२०२५ का अध्यक्ष गणेश सापकोटाको अध्यक्षता र संस्थापक अध्यक्ष माधव आचार्यको विशेष उपस्थितिमा भएको कार्यक्रममा नवनिर्वाचित टिमले क्लवको सामाजिक सेवा, नेतृत्व विकास तथा सामुदायिक उत्थानका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology