Logo

२०८३, श्रावण ३०गते


images
images

लायन्स क्लब जोन १८ को प्रि–जोनल एड्भाइजरी बैठक देवदहमा सम्पन्न

लायन्स क्लब जोन १८ को प्रि–जोनल एड्भाइजरी बैठक देवदहमा सम्पन्न

images
  • लायन्स क्लब जोन १८ को प्रि–जोनल एड्भाइजरी बैठक देवदहमा सम्पन्न
    images
    images

    देवदह । लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत जोन १८ को डिष्ट्रिक्ट गभर्नरको प्रि–जोनल एड्भाइजरी समिति बैठक शुक्रबार देवदहमा सम्पन्न भएको छ ।

    images
    images
    images

    जोन १८ का जोन चेयरपर्स माधव आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा एम्बेसडर अफ गभर्नर तथा आईपी एरिया चिफ–३ एमजेएफ कृष्णप्रसाद पाण्डे, रिजन–९ का रिजन चेयरपर्सन एमजेएफ कमल पौडेल तथा जोन १८ अन्तर्गतका विभिन्न लायन्स क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images

    बैठकमा अन्तरक्रिया कार्यक्रम सञ्चालन, जुलाई महिनाभित्र बाँकी बक्यौता भुक्तानी, पहिलो क्षेत्रीय बैठकको मिति, स्थान र आयोजक क्लबको टुंगो, सेवा कार्यक्रमको योजना तथा कार्यान्वयन, नयाँ क्लब विस्तार, सदस्यता वृद्धि, प्रशिक्षण कार्यक्रम तथा क्लबहरूको वार्षिक योजना लगायतका विषयमा विस्तृत छलफल गरिएको  क्लबले जनाएको छ ।

    images
    images
    images

    बैठकमा लायन्स क्लब अफ देवदहका अध्यक्ष गणेश के. क्षेत्री, लायन्स क्लब अफ देवदह पकारी वृक्षकी अध्यक्ष चमेली श्रीश बुढाथोकी (विनिता), लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष नविन थापा मगर तथा लायन्स क्लब अफ देवदह युनाइटेडका सचिव यमलाल शर्मासहित विभिन्न क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    यस अवसरमा आगामी शनिबार जोन १८ अन्तर्गतका चारवटा क्लबको संयुक्त आयोजनामा हुने वृक्षारोपण कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा गरिएको थियो ।

    बैठकका क्रममा जोन १८ अन्तर्गतका सबै क्लबका अध्यक्षलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न प्रोत्साहनस्वरूप जोन चेयरपर्सन माधव आचार्यले प्रशंसा–पत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा स्वागत मन्तव्य गणेश के.सी., ध्वजाको अभिवादन नविन थापा मगर तथा धन्यवाद ज्ञापन विनिता श्रीशले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।