देवदह । लायन्स क्लब जोन-१८ अन्तर्गत देवदहमा क्रियाशील ४ वटा लायन्स क्लबले दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान तथा नयाँ पदाधिकारीहरुलाई अन्तराष्ट्रिय प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छन् । शुक्रबार देवदहमा एक कार्यक्रमबीच शुभकामना आदानप्रदानसंगै प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
सो अवसरमा लायन्स क्लब अफ देवदह युनाइटेडलाई चार्टर प्रमाणपत्र हस्तान्तर तथा नयाँ सदस्यलाई लायन्स प्रमाणपत्र प्रदान गरिएको थियो । लायन्स क्लब जोन-१८ मा लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह युनाइटेड, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष र लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ रहेका छन् ।
कार्यक्रममा बोल्दै क्लबका डिस्ट्रीक एड्भाईजर विष्णु पौडेलले प्रतिस्पर्धा नभइ उद्देश्य पूरा गर्नको लागि सवै मिलेर काम गर्दा छिटो र सजिलो हुने बताए । उनले लायन्स क्लबको अभ्यास र अनुशासनमा रहेर गतिविधि संचालन गर्न सबैलाई आग्रह गरे ।
जोन अध्यक्ष विनोद थापाले लाइन्सलाइ अगाडि बढाउन अहिलेदेखि नै सबैजना क्लबको नेतृत्व लिन सक्ने बन्न पर्नुमा जोड दिए । उनले आफुले जोनको तर्फबाट माथिल्लो तहमा रिपोर्ट बुझाउन पर्ने भएकाले आफुहरुले गरेका कामहरु समयमै रिपोर्टिङ गर्न क्लबहरूलाई आग्रह गरे ।
जोन अध्यक्ष विनोद थापाको अध्यक्षता रहेको कार्यक्रममा लायन्स क्लब अफ प्रोफेसनल युथका अध्यक्ष कमल पौडेलको सन्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology