Logo

२०८३, आश्विन १७गते


images
images

देवदहमा लायन्स क्लबको पिस पोस्टर कन्टेस्ट, न्यू लुम्बिनीका रेशम प्रथम

देवदहमा लायन्स क्लबको पिस पोस्टर कन्टेस्ट, न्यू लुम्बिनीका रेशम प्रथम

images
  • देवदहमा लायन्स क्लबको पिस पोस्टर कन्टेस्ट, न्यू लुम्बिनीका रेशम प्रथम
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदहले आयोजना गरेको पिस पोस्टर कन्टेस्टमा न्यू लुम्बिनी बोर्डिङ स्कुलका विद्यार्थी रेशम रेश्मी प्रथम भएका छन् ।

    images
    images
    images

    बुधवार सम्पन्न प्रतियोगितामा देवदह इंग्लिस बोर्डिङ स्कुलकी विद्यार्थी ऋतु पुन द्वितीय र सगरमाथा इङ्ग्लिश बोर्डिङ सेकेन्डरी स्कुलकी विद्यार्थी कामना राई तृतीय भएको क्लबका कार्यक्रम संयोजक राजीव सापकोटाले बताए ।

    images
    images
    images

    प्रतियोगितामा देवदह क्षेत्रका १६ वटा विद्यालयका विद्यार्थी सहभागी थिए  ।

    images
    images
    images

    लायन्स क्लब इन्टरनेसनलको सन् २०२६ को मूल नारा 'मानवतामा सद्भाव' अन्तर्गत प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ  ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ प्रमुख, सिनियर डिस्ट्रिक्ट एड्भाइजर तथा क्लबका पूर्वअध्यक्ष रामबहादुर गुरुङ, डिस्ट्रिक्ट चिफ विनोद थापा मगर, डिस्ट्रिक्ट चिफ दिपेश विक्रम मल्ल, रिजन चेयरपर्सन कमल पौडेल लगायत लायन्स तथा लियो क्लबका पदाधिकारी र स्थानीय प्रतिनिधिको सहभागिता रहेको थियो ।

    लायन्स क्लब अफ देवदहका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता र क्लब सचिव शंकर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।