देवदह । लायन्स क्लब अफ देवदह युनाइटेडको पद तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार एक समारोह बीच दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको क्लबले जनाएको छ ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट 325P नेपालका डिस्ट्रिक्ट एक्सन टिम कोअर्डिनेटर एमजेएफ विष्णु प्रसाद पौडेल, सिनियर डिष्ट्रिक्ट एड्भाइजर रामबहादुर गुरुङ लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै क्लबका चार्टर अध्यक्ष तथा जोन चेयरपर्सन माधव आचार्य, डिष्ट्रिक्ट डिपुटी चिफ बिनोद थापा, गाइडिङ मनबहादुर क्षेत्री, रिजन चेयरपर्सन कमल पौडेल, लायन्स क्लब अफ देवदहका इलेक्ट अध्यक्ष गणेश क्षेत्री तथा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका इलेक्ट अध्यक्ष नवीन थापा मगरलगायतको उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश सापकोटाले लायन्स वर्ष २०२५–२६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्लबले वर्षभरि सञ्चालन गरेका सामाजिक तथा सेवामूलक गतिविधि र उपलब्धिबारे जानकारी दिएका थिए ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष गणेश सापकोटाले गरेका थिए भने दोस्रो सत्र तथा पदहस्तान्तरण कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष टिकाराम चपागाईले गरेका थिए । कार्यक्रमको सञ्चालन यमलाल शर्माले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology