Logo

२०८३, श्रावण ३०गते


images
images

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पद हस्तान्तरण

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पद हस्तान्तरण

images
  • लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पद हस्तान्तरण
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ को पाँचौँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    शनिबार देवदह–५ स्थित ओम दर्शन होटलमा आयोजित कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष विमल तिवारीले वर्ष २०२६/२७ का अध्यक्ष नवीन थापा मगरलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरे । सचिव, कोषाध्यक्षसहित अन्य पदाधिकारीले पनि नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

    images
    images
    images

    नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दिपेश पाण्डे, द्वितीय उपाध्यक्षमा निरज चौधरी, तृतीय उपाध्यक्षमा पूर्ण थापा, सचिवमा विकास श्रेष्ठ, कोषाध्यक्षमा सुरज पंगेनी, सह–सचिवमा भानु पंगेनी तथा सह–कोषाध्यक्षमा निशान भट्टराई चयन भएका छन् ।

    images
    images
    images

    कार्यक्रममा अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन, सचिवले कार्यक्रम प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स डिस्ट्रिक्ट ३२५ पी, नेपाल का डिस्ट्रिक्ट एक्सन टिम को–अर्डिनेटर एमजेएफ विष्णु प्रसाद पौडेलले लायन्स क्लबले औपचारिक कार्यक्रममा मात्र सीमित नभई समुदायको आवश्यकता पहिचान गर्दै सेवामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा युवा सशक्तीकरणका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्न आग्रह गरे ।

    कार्यक्रममा एरिया–३ का निवर्तमान एरिया चिफ बेदप्रभु कुमार श्रेष्ठ, डिस्ट्रिक्ट एड्भाइजर रामबहादुर गुरुङ, चार्टर प्रेसिडेन्ट दीपेश विक्रम मल्ल, डिस्ट्रिक्ट एड्भाइजर विनोद थापा मगर, डिस्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर विमल भुसाल, गाइडिङ विष्णु सुवाली, शोभा कुमारी थापा, डिस्ट्रिक्ट प्रोग्राम चेयरपर्सन कमल पौडेल, डिस्ट्रिक्ट प्रोग्राम मेम्बर माधव आचार्य, लायन्स क्लब अफ देवदहका अध्यक्ष गणेश कुमार क्षेत्री, लायन्स क्लब अफ पाकरी वृक्षका अध्यक्ष विनिता श्रीष, लायन्स क्लब अफ देवदह युनाइटेडका अध्यक्ष टिकाराम चापागाईं लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष विमल तिवारी, स्वागत नवनिर्वाचित अध्यक्ष नवीन थापा मगर तथा सञ्चालन सुरज पंगेनीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।