देवदह । नवलपरासीको सुस्तामा लायन्स क्लबले 'स्कुल सपोर्ट कार्यक्रम' अन्तर्गत सहयोग वितरण गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल एरिया ३ अन्तर्गतका पाँच ओटा जोनहरुको सक्रियतामा सुस्ता गाउँपालिका ५ मा रहेको जनता दलित आधाभूत विद्यालयमा सहयोग वितरण गरिएको हो ।
विद्यालय सिकाई क्रियाकलापमा शिक्षक तथा विद्यार्थीहरुलाई सहज गराउनको लागि शैक्षिक सामाग्री, पुस्तकालयको लागि पुस्तक, खेलकुद सामाग्री तथा माइक र स्पिकर वितरण गरिएको लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ नेपाल एरिया ३ जोन १८ का जोनचेयपर्सन विनोद थापा मगरले जानकारी दिए । लायन्स क्लव इन्टरनेशनल ३२५ पि को ब्रान्डिङ गर्न र लायन्समा केही पृथकता दिन स्कुल सपोर्ट कार्यक्रम तय गरिएको उनले बताए ।
सो अवसरमा ३५ हजार बराबरको सहयोग वितरण गरिएको जनाईएको छ ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सुस्ता गाउँपालिका वडा नं ५ का अध्यक्ष प्रभुनाथ यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृजेश साह, सुस्ता बचाउ अभियन्ता नुर जरह वेगम, विद्यालयका प्रधानाध्यापक माधव थापा, लायन्स जोनचेयपर्सनहरु जोन १८ का लायन बिनोद थापा मगर, जोन १९ का तिलकराम खनाल, जोन ११ का लोकेन्द्र लिम्बु, जोन १५ का खेम ब. घर्ती मगर, जोन १० का विकास श्रेष्ठ, एरिया ३ का एरिया चिफ बिनोद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology