Logo

२०८३, आश्विन ९गते


images
images

खुल्ला वडा कप क्रीकेट प्रतियोगिताको उद्घाटन

खुल्ला वडा कप क्रीकेट प्रतियोगिताको उद्घाटन

images
  • खुल्ला वडा कप क्रीकेट प्रतियोगिताको उद्घाटन
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपलिकामा खुल्ला वडा कप क्रीकेट प्रतियोगिता शुरु भएको छ ।

    images
    images
    images

    गाउँपालिकाको खेलमैदान घ्यूबेशीमा सुर्योदय युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिताको रुरुक्षेत्र गाउँपालिका वडा न.४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले उद्घाटन गरेका हुन् । प्रतियोगितामा १० भन्दा बढी टीमले सहभागीता जनाएको आयोजक क्लबले जानकारी दिएको छ ।

    images
    images
    images

    कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष ज्ञवालीले युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन समेत खेलकुद उपयोगी हुने बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले खेलकुदमा जस्तो नियम र अनुशासन हरेक क्षेत्रमा लागू गर्न सके देशको बिकास गर्न धेरै लामो समय कुर्न नपर्ने पनि बताए । क्लबका अध्यक्ष एवं युवा नेता पदमलाल श्रेष्ठको अध्यक्षता एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव हिमाल श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा वडा न.४ का वडा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधि ,उद्योग बाणिज्य संघ बलेटक्सार शाखाका अध्यक्ष तोयनारायण ज्ञवाली,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा मन्तव्य राख्दै विशेष अतिथी श्रेष्ठले आफू आवद्द संगठन नेपाल खेलकुद महासंघले देशभरिका खेलाडीहरुलाई एकताबद्ध गर्दै खेलमार्फत आफ्नो ठाउँ, जिल्ला र पुरै देशको पहिचान बढाउँदै खेलाडीहरुको आयआर्जनको स्रोत समेत खेलकुदलाई बनाउने उदेश्य सहित काम गर्दै आइरहेको बताए । उनले भोलिका दिनमा यस क्षेत्रका खेलाडीहरुको मनोबल बढाउन विभिन्न तरिकाले साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। क्लबका उपाध्यक्ष अन्जु केसीले स्वागत मन्तव्य राख्नुभएको उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ बलेटक्सार शाखाका अध्यक्ष तोयनारायण ज्ञवाली लगायले मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन क्लबका सचिब दुर्गा घायलले गरेका थिए।

     

    त्यस्तै प्रतियोगिताको सुरुको दिन आज २ वटा खेल सम्पन्न भएका छन् । जसमा टाहाटिम युवा क्लबलाई पराजित गर्दै थानापतीले आफ्नो अग्रता कायम गरेको छ भने बम्घा वाहादी टिमलाई पछि पार्दै रानिबास एक स्थान माथी उक्लिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।