माधव ज्ञवाली, गुल्मी । गुल्मीमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ ।
अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिका कमिटीको आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा विरोध प्रदर्शन भएको हो । बलेटक्सार बजारमा एमालेका युवा नेता सङ्गै अनेरास्ववियुका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य चक्रपाणी गौतमको प्रमुख आतिथ्यतामा सो पर्दर्शन कोण सभामा परिणत भएको थियो। कोण सभामा अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिका इन्चार्ज आशिष गौतम,नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि चक्रपाणी गौतम, चिरञ्जीवी ज्ञवाली लगायतले मन्तव्य राखेका थिए। बिरोध पर्दर्शनलाई रास्टृय युवा संघ रुरुक्षेत्र गाउँ कमिटीले पनि सहयोग गरेको थियो। कोण सभाको संचालन अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिका सह इन्चार्ज रन्जित ज्ञवालीले गरेका थिए।
बिरोध प्रदर्शनमा विद्यार्थीहरुले "मूल्य वृद्धि रातारात।मिलेमतो ५ दलको। उठिबास जनताको।" "भ्रष्टाचारी सरकार राजिनामा दे।" "नाफा घाटा जान्दैनौ, मुल्यबृद्दी मान्दैनौ।" जस्ता नाराहरु लगाएर पर्दर्शन गरेका थिए। बलेटक्सार बजारमा करिब डेढ घण्टा बिरोध प्रदर्शन गरिएको थियो। करिब १ घण्टा यातायातका साधनहरुलाई आवतजावतमा रोक लगाइएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology