Logo

२०८३, आश्विन ९गते


images
images

खुल्ला वडा कप क्रीकेट प्रतियोगिताको उपाधी थानापतीलाई

खुल्ला वडा कप क्रीकेट प्रतियोगिताको उपाधी थानापतीलाई

images
  • खुल्ला वडा कप क्रीकेट प्रतियोगिताको उपाधी थानापतीलाई
    images
    images

     माधव ज्ञवाली,  गुल्मी । सुर्योदय युवा क्लब रुरुक्षेत्र गाउँपालिका गुल्मीद्वारा आयोजित खुल्ला वडा कप क्रीकेट  प्रतियोगिताको उपाधी थानापती (थोर्गा गुल्मी)ले जितेको छ।

    images
    images
    images

    रुरुक्षेत्र गाउपालिकाको खेलमैदान घ्यूबेशीमा आयोजना गरिएको सो खेलको उपाधी थानापतीले आफ्नो हातमा पारेको हो।  सेमिफाइनलमा थानापतीले बिरबास र आयोजक सुर्योदय युवा क्लबले  रानिबासलाई हराउँदै आफ्नो फाईनलको यात्रा तय गरेका थिए। उपाधी जिते सङ्गै थानापतीले नगद रु.२२ हजार २ सय २२  साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपबिजेता सुर्योदय युवा क्लबले नगद रु.११ हजार १ सय ११ साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै थानापतिका खेलाडी नरेश नेपाली फाइनल खेलमा म्यान अफ द म्याच बने भने उनी म्यान अफ द सिरिज पनि बन्न सफल भए ।

    images
    images
    images

    त्यस्तै सुमन श्रेष्ठ  बेस्ट बलर र नरेश नेपाली नै बेस्ट ब्याट्स्म्यान बन्न सफल भए ।फाईनल खेल १२ ओबरको खेलाईएको थियो। टस जितेर फिल्डिङ  रोजेको आयोजक टिम सुर्योदय युवा क्लबलाई थानापतिले निर्धारित १२ ओभरमा आफ्नो ५ बिकेट गुमाउँदै ९७ रनको टार्गेट  दिएको थियो। पछि थानापतीलाई पच्छ्याउँदै ब्याटिङ गरेको सुर्योदयले खेलको अन्तिम बलमा आफ्ना पुरै विकेट गुमाउँदै मात्र ७१ रन जोड्न सफल भयो। सुर्योदयलाई २५ रनको फराकिलो अन्तरले पराजित गरि फाईनल खेल थानापतीले आफ्नो हात पारेको हो।

    images
    images
    images

     क्लबका अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउपालिका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आतिथ्यता रहेको थियो।

    त्यस्तै कार्यक्रममा  गाउपालिका उपाध्यक्ष लक्ष्मीदेबि पन्थ को बिशिस्ट आतिथ्यता र राष्टृय खेलकुद महासंघ नेपालका केन्द्रीय सचिव हिमाल श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको  थियो। कार्यक्रममा वडा न.३ का वडा अध्यक्ष शेषनारायण पन्त ,कार्यपालिका सदस्यहरु, ,उद्योग बाणिज्य सघं बलेटक्सार शाखाका अध्यक्ष ,विभिन्न संघ संस्थाका प्रतिनिधि ,  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, ब्यापारी ,सामाजसेबी ब्यक्तित्वहरु,पत्रकार  लगाएतको उपस्थिति रहेको  थियो । प्रतियोगितामा दोस्रो पुरस्कार रकम  सौजन्य गर्ने रास्टृय खेलकुद महासंघका केन्द्रीय सचिव हिमाल श्रेष्ठ ,प्रथम कप र मेडल सौजन्य गर्ने क्लबकी उपाध्यक्ष एवं रुरुक्षेत्र गाउँपालिका वडा न.४ कि  वडा सदस्य अन्जु केसी ,दोस्रो मेडल र कप सौजन्य गर्ने श्रृङ्गेश्वर मोटरसाइकल वर्कसप बलेटक्सार लगायत आर्थिक एवं भौतिक सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो। समापन कार्यक्रमको संचालन क्लबका सचिब दुर्गा घायलले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।