Logo

२०८३, आश्विन ९गते


images
images

हरिबोधनी एकादशी : रौनकता हरायो  रुरुधाममा

हरिबोधनी एकादशी : रौनकता हरायो  रुरुधाममा

images
  • सेतोमसी सहकर्मी
  • हरिबोधनी एकादशी : रौनकता हरायो  रुरुधाममा
    images
    images

    कृष्ण अन्जान, रुरु ।   कार्तिके ठुलो  एकादशी भनेपछि रिडी नुहाउन मेला भर्न जानेको लर्को नै लाग्थ्यो कुनै बेला तर काेभिडका कारण दुई वर्ष देखि रिडीमा लाग्ने हरि  हरिबाेधनी एकादशी र द्वादशी मेला प्रभावित भएको छ ।

    images
    images
    images

    रिडी वरिपरिका गाउँबाट फ्याट्ट फुट्ट तीर्थालुहरू कालिगण्डकी स्नानका लागि रिडीबजारमा  झरेको देखिएपनि खासै रौनकता छैन । काेभिडकै कारणले ऋषिकेश मन्दिर व्यवस्थापन समितिले यो वर्ष पनि ऋषिकेश रथयात्राको आयाेजना नगरेपछि एकादशी र द्वादशीमा  रिडीबजारमा  लाग्ने मेला मात्र औपचारिकतामा छिटफुट नदि नुहाउन आउने र मन्दिर दर्शनमा मात्र सीमित बनेको छ । 

    images
    images
    images

    विगतमा एकादशीका दिन गुल्मी पट्टीको भागबाट बाजा गाजा सहित फूलपाती लिएर ऋषिकेश मन्दिरमा जाने र द्वादशीमा  ऋषिकेशको सांकेतिक मूर्ति सहितको रथयात्रा पाल्पा तर्फ र गुल्मीको रिडी बजारमा भजन कीर्तन बाजागाजा सहितको रथयात्राको आयाेजना हुने गर्थ्यो तर काेभिडका कारण ऋषिकेश जात्रा गर्ने वातावरण नभएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका सदस्य जीवन कसजुले बताए ।

    images
    images
    images

     मुख्यतया द्वादशीका दिन ऋषिकेश मन्दिरमा बन्ने मनभोगको  प्रसाद यो क्षेत्रको बिर्सनै नसकिने गरि बनाउने गरिएको र प्रसादको खान ठुलै भिड ऋषिकेश मन्दिर परिसरमा लाग्ने गर्दथ्यो । एकादशीलाई लक्षित गरि बगरमा व्यापारीहरूले टहरा बनाउने, रिडीमा कालिपारका ठुलाेनाच नचाउने गरिन्थ्यो तर याे सबै सम्झनामा सीमित भएकाे रिडीवासीकाे भनाई छ ।

    एकादशी नुहाउन र ऋषिकेश जात्रा हेर्न टाढा टाढा बाट भक्तालुहरू आउने बगरमा ढुँगाका चुल्हो बनाएर अघिल्लै दिनदेखि बास बस्ने र अर्को दिन एकादशी नुहाउने द्वादशिकाे जात्रा हेरेर घर फर्किने गरेको रिडीवासीहरुलाई सम्झना छ । रुरुक्षेत्रको रिडीधाममा लाग्ने मेला मध्येको दोस्रा ठुलो मेला हरिवाेधिनी  एकादशी र ऋषिकेश जात्रा भएको र काेभिडकै कारण तीर्थालु आउन छाडेपछि रुरुधाम मेलाकै दिन पनि शून्य रहेको छ । 

    रुरुधाममा हाेटल व्यवसायमा आकर्षण बढ्याे, खुल्न थाले करोडौं लगानीका होटेल रुरुधाममा हाेटल व्यवसायमा आकर्षण बढ्याे, खुल्न थाले करोडौं लगानीका होटेल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरुधाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।