माधव ज्ञवाली, गुल्मी । जिल्लाको ज्ञवा बलेटक्सार माध्यमिक बिधालय रुरु क्षेत्र ४ बलेटक्सारले आफ्नो ५१ औं बार्षिक उत्सव आज एक कार्यक्रमका बिच सम्पन्न गरेको छ।
कार्यक्रममा बिधालयमा नवनिर्मित आइटी ल्याबको प्रमुख अतिथी कमलराज श्रेष्ठ द्वारा उद्घाटनद्वारा गरिएको छ। बिज्ञान प्रयोगशालाको उद्घाटन भएसङ्गै विद्यार्थीहरुलाई बिज्ञानको प्रयोगात्मक परिक्षणमा सहज हुने बिश्वास गरिएको छ।

गत कार्तिक २९ गतेदेखी मनाउन लागिएको बार्षिकोत्सव समारोह अन्तर्गत सुरुको दुई दिन विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलाप संचालन गरिएको विद्यालयले जनाएको छ। उक्त कार्यक्रममा विभिन्न विधामा विभिन्न स्थानमा आउन सफल बिद्यार्थीलाई पुरस्कार प्रदान पनि गरिएको छ ।
कोभिड-१९ को संक्रमणका कारण वितरण गर्न बाकी शैक्षिक शत्र २०७६ र २०७७ मा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पनि आजैको कार्यक्रममा पुरस्कार वितरण गरिएको छ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका गुल्मीका शिक्षा अधिकृत रामप्रसाद अधिकारी, विभिन्न विद्यालयका प्र.अ, विभिन्न संघ संस्थाका प्रतिनिधि ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।
बिधालय ब्यवस्थापन समिती अध्यक्ष तोयनारायण ज्ञवाली सभाध्यक्ष रहेको कार्यक्रम शिक्षक बिष्णुप्रसाद ज्ञवालीले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology