Logo

२०८३, श्रावण ३०गते


images
images

'अहिले भारतलाई बेचेको बिजुली हाम्रो पालामा निस्केको हो' : ओली

'अहिले भारतलाई बेचेको बिजुली हाम्रो पालामा निस्केको हो' : ओली

images
  • 'अहिले भारतलाई बेचेको बिजुली हाम्रो पालामा निस्केको हो' : ओली
    फाइल फोटो
    images
    images

    नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले भारतलाई बेचेको बिजुली आफूले निकालेको दाबी गरेका छन् ।

    images
    images
    images


    बुधवार नेपालगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले आफ्ना पालामा निकालिएको बिजुली अहिलेको सरकारले भारतलाई बेचेको दाबी गरेका हुन् ।

    images
    images
    images


    ‘अहिले भारतलाई बेचेको बिजुली हाम्रो पालामा निस्केको हो,’ ओलीले भने, ‘दश बीस बर्षमा हुन नसकेको विकास हामीले गरेका थियौं ।’

    images
    images
    images


    उनले आफ्नो सरकारका पालामा भएका विकासले प्रतिपक्षीहरू आत्तिएको टिप्पणी गरे । ‘हामीले विकास गरेपछि उनीहरू (हालका सत्तारूढ गठबन्धनका नेता) आत्तिए,’ ओलीले भने ।


    उनले आफूहरू देश बनाउन संकल्प गरेर राजनीति गरेको दाबी गरे । ‘हामी देश बनाउने संकल्पका साथ राजनीति गर्छौं,’ ओलीले भने, ‘हामी विकासको राजनीति गर्छौं । हाम्रै पालामा नेपाल अन्तर्राष्ट्रिय मंचमा सुनिन थालेको थियो ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।